विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

३४ औं विश्व वातावरण दिवसको उपलक्ष्यमा हेरालो प्रतिष्ठान पोखराको मुख्य आयोजना एवं पोखरा उप–महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघको सहयोगमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भयो । पोखराको ल्याण्डफिल्डको आयु बढाउन “लौ न अब त केही गरौं पोखरामा” भन्ने मूल नाराका साथ २०६५ आषाढ १४ गते अयोजना गरिएको उक्त एक दिने सचेतना कार्यक्रमको प्रमुख वक्ताको रुपमा पोखरा विश्वविद्यालयका उपकुलपति डा. केशरजङ्ग बराल, पोखरा उप–महानगरपालिकका प्रमुख श्री उत्तमप्रसाद नागिला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिपक श्रेष्ठ हुनुहन्थ्यो भने कार्यक्रमको टिप्पणीकर्तामा पूर्व मेयर कृष्ण थापा र उपप्राध्यापक श्री कल्याण पन्त हुनुहुन्थ्यो । सो कार्यक्रममा पोखरा उप–महानगरपालिकाको वातावण शाखाका अधिकृत श्री निर्मल भण्डारी र हेरालो प्रतिष्ठान पोखराका सदस्य सचिव एवं कार्यक्रम संयोजक श्री रोश गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।