चित्रकला प्रदर्शनी एवं निःशुल्क स्वास्थ्य परीक्षण

पोखराका प्रतिष्ठित कलाकार एवं हेरालो प्रतिष्ठान पोखराका सकृय सदस्य किरण रन्जितद्वारा सृजना गरिएको २९ वटा चित्रहरु गत कार्तिक १० गतेका दिन प्रदर्शन गरिएको थियो । मुटुका रोगीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्न स्थापित बचाऔं अक्षयकोषको सहयोगार्थ हेरालो प्रतिष्ठान पोखरा एवं प्रिन्सेस जयन्ती मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त एकल चित्रकला प्रर्दशनी प्रकृति र सृजना२ मा करिब १७ वटा चित्रहरु बिक्री भएको थियो । प्रदर्शनीबाट बिक्री भएको आम्दानीको चालिस प्रतिशत रकम बापत ने.रु. ५०,८०० हेरालोद्वारा बचाऔं अक्षयकोषलाई प्राप्त भएको थियो । सोही समारोहमा हेरालो प्रतिष्ठानका सदस्य एवं आर्थिक विभागका प्रमुख शुशिलराज पराजुलीले ने.रु. १०,००० बचाऔं कोषलाई प्रदान गर्नुभएको थियो|