मुटुका रोगीहरुको सहयोगका लागि “बचाऔं” अक्षयकोष

हेरालो प्रतिष्ठान पोखराले स्वास्थ्य क्ष्ँेत्रमा सक्दो सहयोग पुयाउने हेतुले मुटुका रोगीहरुको लागि सहयोग गर्न बचाऔं नामक अक्षयकोष स्थापना गरेको छ । जुन कोषमा हाल चित्रकला प्रदर्शनी एवं बिक्री कार्यक्रमबाट आर्जित मुनाफा, टेन्कु थर्ड (त्भलपग क्ष्क्ष्क्ष्) नामक सांस्कृतिक कार्यक्रमबाट आर्जित मुनाफा सहित विभिन्न व्यक्तिव्यक्तित्वले सहयोग गरेको रकम गरी करिब २ लाख ३० हजार जम्मा भएको छ । उक्त कोषलाई सक्दो बृद्धि गरी मुटुका रोगीहरुको सेवा गर्न प्रतिष्ठानले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु लगायत संघ संस्था, व्यापारीक प्रतिष्ठान आदिलाई सहयोग गरिदिनुहुनका लागि अनुरोध गर्दै आएको छ । सहयोग गर्न इच्छुक व्यक्ति विशेष वा संघ संस्थाहरुका लागि हिमचुली विकाश बैंकको खाता नं. ०२१५३क्ब् मा सहयोग रकम जम्मा गर्न सकिने प्रावधान प्रतिष्ठानले व्यवस्था गर्दै आएको छ ।