मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर

प्रिन्सेस जयन्ती मेमोरियल ट्रष्ट, काठमाण्डौंको मुख्य प्रायोजन एवं बुद्ध फाउण्डेशन जापान तथा पद्यम नर्सिङ्ग होमको प्राविधिक सहयोगमा गत २०६४ माघ १२ र १९ गते मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । पहिलो शिविर पद्य नर्सिङ्ग होममा गरिएको थियो भने दोस्रो शिविर फिस्टेल लज परिसरमा गरिएको थियो । दुवै शिविरबाट गरी ३७८ जना मुटुरोगीहरुको स्वास्थ्य परिक्षण भएको थियो । सो शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ एवं सर्जन डा. भगवान कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ताकाजी यामागुची, वरिष्ठ डा.नारायण गौतम, डा.दिवाकर शर्मा आदिको सकृय सहभागीता रहेको थियो । सो शिविरमा स्वास्थ्य परीक्षण गरिएका बिरामी मध्ये २८ जना बिरामीलाई सक्दो चा“डो शल्यक्रिया नै गर्नुपर्ने प्रतिवेदन उक्त शिविरमा सहभागी चिकित्सकहरुले दिएका छन् । सो शिविरको सम्पूर्ण व्यवस्थापकिय काम हेरालो प्रतिष्ठानले गरेको थियो भने कार्यक्रमको संयोजन प्रतिष्ठानले गरेको थियो भने कार्यक्रमको संयोजन प्रतिष्ठानका अध्यक्ष निरज थापाले गर्नुभएको थियो |