भरतपोखरीमा स्वास्थ्य शिविर

२०६४ पौष १५ गते हेरालो प्रतिष्ठान पोखरा हिमालयन बुद्ध फाउण्डेशन, बुद्ध फाउण्डेशन जापान, रोटरी क्लब अफ पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा कास्की जिल्ला भरतपोखरी गा.वि.स. स्थित अन्नपूर्ण स्वास्थ्य चौकिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा आ“खा, दा“त, महिला, पेट, मुटु, कान, घा“टी लगायत जनरल मेडिकल परीक्षण गरिएको थियो । एक दिने उक्त शिविरमा करिब १००० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । हेरालो प्रतिष्ठान पोखराका सचिव यम पौडेलको संयोजकत्वमा सम्पन्न भएको सो शिविरमा नेपाली, जापानी चिकित्सहरुको सकृय सहभागिता रहेको थियो ।